नेपालको इतिहास(प्राचिन देखि हाल सम्म)
१.गोपाल वंश
नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश
प्रथम राजा ःभुक्तमान
इतिहासकार राइटका अनुसार ८ जना राजा बनेका
५२१ वर्ष शासन
अन्तिम राजा ः यक्ष गुप्त
शासन केन्द्र ः माता तिर्थ
नेपालको सबै भन्दा पुरानो वंशाबली ः गोपाल वंशाबली(राजा जय स्थिती मल्लद्धारा तयार गरिएको
गाइ पालक भनेर चिनिने
किरात राजाहरु ः – भुमि गुप्त,जय गुप्त,धर्म गुप्त,हर्ष गुप्त,भीम गुप्त,मणि गुप्त,विष्णु गुप्त, र जीन गुप्त)
२.अहिर वंश
गोपाल वंश पछि नेपालमा शासन गरेका
प्रथम राजा ः वर सिंह
अन्तिम राजा ः भुवन सिंह
शासन अवधी ः१११ बर्ष
राजाको संख्या ः ३ जना – इतिहासकार कर्क पेटिÄकका अनुसार)
भैसि पालक भनेर चिनीने
महिषपाल वंशी राजाहरु ः वर सिंह,जय सिंह,भुवन सिंह
३.किरात वंश
प्रथम राजा ः यलम्वर
अन्तिम राजा ः गस्ति
राजा संख्या ः २९ जना –इतिहारकार राइटका अनुसार)
शासन अवधी ः १११८ वर्ष
शिव र अर्जुन बिचको युद्ध ः छैठौ किराती राजा हुम्तीको पालामा
गौतम बुद्धको आगमन ः सातौ किराती राजा जिते दास्तीको पालामा
समा्रट अशोक ः स्ंथुको पालामा नेपाल आएको
यलम्बरको पुर्ण कदको शालिक काहाँ रहेको छ ः संखुवासभा जिल्लामा
४. लिच्छवी वंश
शासन व्यवस्था सुरु ः इसा पूर्व ३००
शासन अवधी ः करिव ८०० बर्ष
प्रथम राजा ः जय देव प्रथम
नेपालमा आगमन ः भारतको बैशाली
मानदेव राजा बारे जानकारी
शासन काल ः वि.स. ५२१ देखि ५६२ सम्म
छोराको नाम ः महिदेव
बाबुको नाम ः धर्मदेव
अंशुवर्मा राजा बारे जानकारी
शासनकाल ः बि.स. ६६२ देखि ६७८ सम्म (१६ वर्ष)
नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने
महासामन्त,कलहाभिमानी र पशुपतिपादानुगृहित पदवी धारण गर्ने
यिनको शासनकाललाई लिच्छवीकालको स्वर्णयृुग भनी चिनिने
वंश ः ठकुरी
बहिनी ः भोगदेवी
हिन्दु र बौद्ध दुबै धर्म मानिने
बोधिसत्वको अवतार मानिने
छोरी ः भृकुटी –हरिततारा भनेर चिनिने
यिनका पालामा भारतका सम्राट ः हर्षबद्र्धन,चीनका ः स्रठ्ठं्र चठ्ठ गम्पो
अंशुवर्मा पछि राजगद्दीमा आसिन हुने व्यक्ति ः उदयदेव
राजा नरेन्द्रदेव बारे जानकारी
शासन अवधी ः वि.स. ७०२ देखी ७३६ सम्म
लिच्छवीकालीन आकासको पुराण नामक मुद्रा प्रचलनमा ल्याएको
१ पुराणमा १६ पण हुने
महाराजाधिराजको परम भÂारको पदवी धारण गर्ने ः नरेन्द्रदेव
लिच्छवीकालमा धान चामल तथा घिउ ,तेल ,दुध नाप्न प्रयोगमा हुने एकाइ ः मानीका
काठमाण्डौँ उपत्यकामा सबै भन्दा मनाइने जात्रा ः रातो मछिन्द्रनाथ
रातो मछिन्द्रनाथको जात्रा कति समय सन्चालन हुने ः ६ महिना
सिकारी जात्रा कहाँ प्रचलित ः खोकनाको नेवार समुदायमा
बैरागी जात्रा कहाँ प्रचलित ः जुम्ला
स्वयम्भुको ज्योतीलाई छोपी सो माथी चैत्यको निमार्ण गर्ने राजा ः प्रचण्डदेव
आधुनिक काठमाण्डौँका निर्माता ः गुणकामदेव
भृकुटीले तिव्वतजाँदा संगै लगेका भिक्षुको नाम ः शिलमन्जु
सम्राट अशोककी छोरी चारुमती सँग विवाह गर्ने ः देवपाल
राजकीय भाषा ः संस्कृत
नेपालको इतिहासमा स्वर्णयुग
बैद्धयशासन व्यवस्थाको सुरुवात ःवसन्तदेव
तिव्वतमा सरण लिने राजा लिच्छवी राजा ः भाष्कर देव
ठकुरी वंशका प्रथम राजा ः भाष्कर देव
नेपालको सबभन्दा पुरानो मन्दिर ः स्वयम्भुनाथ
लिच्छवी राजाहरुको वंश ः सुर्यवंशी
तामाको उद्योग संचालन गर्ने स्थान ः ताम्राकुटशाला
शिक्षाको माध्यम ःसंस्कृत र पाली
अशोक स्तम्भमा प्रयोग भएको भाषा ःपाली
लिच्छवीकालमा ललितपुरको नाम ः युपग्राम
ध्रुवदेवको पालमा वैद्य शासन चलाउने ः ध्रुवदेव र विष्णु गुप्त
अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा ः शिवदेव प्रथम
काठमाण्डाै – नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्मको जम्मा संक्रमितमध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ ।
आइतबार एकैदिन चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । आठ हजार आठ सय ८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो ।
यस्तै २१ गते सात हजार सात सय ७० जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय ७५ जना डिस्चार्ज भएका थिए । यो भनेको थपिएका संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या २३ दशमलव १७ प्रतिशत हो । २२ गते पनि २१ गतेभन्दा केही कम संख्यामा निको हुने प्रतिशत बढेको छ । २२ गते आठ हजार ६ सय ५९ जना नयाँ संक्रमित थपिएकामा एक हजार नौ सय ९३ जना अर्थात् २३ दशमलव ०१ प्रतिशत निको भएका थिए ।
यसैगरी २३ गते नौ हजार ७० जना नयाँ संक्रमित थपिएकामा दुई हजार सात सय सात जना निको भएका थिए । निको हुनेको यो दर २९ दशमलव ८५ प्रतिशत हो । वैशाख २४ गते निको हुनेको संख्या अझै बढेको छ । २४ गते एकैदिन थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ३१ दशमलव ५९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
यो दिन कुल नौ हजार एक सय ९६ जना संक्रमित थपिएकामा दुई हजार नौ सय पाँच जना निको भएका थिए । यस्तै वैशाख २५ गते शनिबार आठ हजार चार सय १८ जना नयाँ संक्रमित थपिएकामा तीन हजार ७० जना निको भएका छन् । यो भनेको थपिएका कोरोना संक्रमितको तुलनामा निको हुने दर ३६ दशमलव ४६ प्रतिशत हो ।
दैनिक संक्रमितहरुको संख्या धेरै नघटे पनि निको हुनेको संख्या बढ्नु सुखद भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । संक्रमितको संख्या धेरै भएकोले निको हुनेको संख्या कम जस्तो लागेको उहाँको भनाई छ । पीसीआर परीक्षण सँगै कोरोना संक्रमित बढ्दै गए पनि सावधानी अपनाउनुपर्ने तर आत्तिनु नहुने उहाँको सुझाव छ ।
समयमै उपचार नपाएका कारणले गएको वर्षभन्दा यो वर्ष मृत्युदर बढेको डाक्टर पुनले बताउनुभयो । गएको वर्ष कन्ट्याक ट्रेसिङ भएको थियो । त्यसमा परेका सबैले जाँच गर्थे । जसका कारण लक्षण भएका बिरामी कम थिए । यो पटक भने लक्षण देखिएपछि मात्रै जाँच गर्ने र गाह्रो भएपछि मात्रै अस्पताल जाने क्रम बढेकाले मृत्युदर बढेको हुन सक्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।
संक्रमितहरुमध्ये ८० प्रतिशतभन्दा धेरैमा सामान्य लक्षण छ । जुन गएको वर्षको आँकडासँग मिल्न जान्छ । अहिलेको अवस्थामा सामान्य लक्षण भएका बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा राम्रो हुने डा. अधिकारीको भनाइ छ ।
‘बाँकीमध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ’ अधिकारी भन्नुहुन्छ, ‘यस्ता बिरामीहरुलाई यथाशिघ्र अस्पताल र प्रत्यक्ष स्वास्थ्यकर्मीको उपस्थितीमा उपचारको खाँचो हुन्छ ।’ ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’
समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका उहाँले बताउनुभयो ।
काठमाण्डाै – एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उहाँको भनाई छ ।
बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।